प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको बद्मासीले निचामारीका २४ विद्यार्थीको भविष्य अन्यौलमा

पूर्वीटाईम्स संवाददाता
आईतबार ४ चैत, २०८०
२ महिना अघि

विराटनगर । मोरङको रंगेली–७ स्थित निचामारी विद्यालयका दुई दर्जन बढी विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । विद्यालयका प्रधानाध्यापक कुन्दन साह र व्यवस्थापन समितिको लापरवाहीका कारण २४ विद्यार्थीको भविष्य अन्यौलमा परेको हो । अनुमतिविनै कक्षा ७ सम्मको पठनपाठन गराउँदा विद्यार्थी परिक्षा दिनबाटै बञ्चित हुने अवस्था सृजना भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगरपालिकाबाट विद्यालयले अध्यापनको अनुमति नलिँदा यतिबेला विद्यार्थीको भविष्नै अन्यौमा पुग्न लागेको हो । प्रधानाध्यापक साह र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको वद्मासीले विद्यार्थीहरु परिक्षा दिनबाट वञ्चित भएपनि उनीहरुले उल्टै नगरपालिकाविरुद्ध राजनीति गर्न खोजेको नगरपालिकाले जनाएको छ ।

निचामारी विद्यालयले झण्डै ११ वर्ष अघिदेखि स्वीकृतीबिनै कक्षा ७ सम्म अध्ययापन गराउँदै आएको देखिएको छ । राज्यको पुनरसंरचना अघि जिल्ला शिक्षा कार्यालय मातहत सामुदायीक विद्यालय थिए । स्रोतका अनुसार २०६९ सालमै तत्कालिन जिल्ला शिक्षा कार्यालयमा कक्षा ७ सम्म पठनपाठनको अनुमतिका लागि निचामारी विद्यालयले आवेदन दिएको थियो ।

त्यतिबेला जिल्ला शिक्षा कार्यालयले मापदण्ड पूरा नभएको भन्दै स्वीकृती दिएन । तर, निचामारी विद्यालयले स्वीकृतीनै नलिई कक्षा ७ सम्म पठन पाठन गराउँदै आएको थियो । राज्यको पुनरसंरचना पश्चात देश संघीयतामा गएर २०७४ सालपछि विद्यालयहरु स्थानीयतह मातहत आउँदा कक्षा ७ सम्म अध्यापन गराउन रंगेली नगरपालिकाबाट स्वीकृती लिनुपर्ने थियो ।

तर, हालसम्म पनी सो विद्यालयले कक्षा ७ सम्म पठनपाठन गराउन अनुमति नलिएको खुलेको छ । अनुमतिका लागि कुनै पनि फायल पेश नगरेको देखिएको छ । सो विद्यालयले अध्यापनको अनुमति नलिएको रंगेली नगरपालिकाले पुष्टि गरेको छ । अनुमतीनै नलिई प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले बद्मासी गरेको यसपटक परिक्षाको समयमा खुलासा भएको छ ।

पोल खुलेपछि नगरपालिकामाथि आरोप लगाउँदै प्रधानाध्यापक साह र विद्यालय व्यवस्थापन समिति ‘पानीमाथिको ओभानो’ बन्न खोजेपनि गल्ती उनीहरुकै रहेको देखिएको रंगेली नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । शाखाका उनीहरुकै गल्ती र लापरवाहीका कारण यतिबेला विद्यार्थी परिक्षा दिनबाट बञ्चित भएर भविष्यनै अन्यौलमा परेको हो ।

आफ्नो गल्ति लुकाउन प्रधानाध्यापक साह र व्यवस्थापन समितिले नगरपालिकालाई विवादमा ल्याएर राजनीति गर्न खोजेको देखिएको छ ।स्रोतका अनुसार प्रधानाध्याक साह, विद्यालय व्यवस्थान समिति र शिक्षक अभिभावक संघका पदाधिकारी सवै कांग्रेस कार्यकर्ता हुन् । सोही कारण विद्यालयको स्वीकृती नलिएर गल्ति गरेपनि उल्टै नगरपालिकालाई दोषि देखाएर उनीहरुले राजनीति गर्न खोजेको नगरपालिकाले बताएको छ ।

यसरी खुल्यो प्रधानाध्यपक र व्यवस्थापन समितिको पोल
शिक्षा शाखाका अनुसार स्वीकृती नभएपनि निचामारी विद्यालयले केही समय अघिसम्म कक्षा ७ सम्मको भन्दै अनुदान र विभिन्न सुविधा लिँदै आएको थियो । नगरपालिकालाई पनि ‘गुमराह’ मा राखेर ‘चक्मा’ दिँदै कक्षा ७ सम्मको विद्यालय भनेर विभिन्न सेवा तथा सुविधा उक्त विद्यालयले लिइरहेको थियो । प्रधानाध्यापक साह र व्यवस्थापन समितिको मिलेमतोमा निजी स्रोतमा कर्मचारी राख्नेलगायतका विभिन्न सुविधा लिदै आएका थिए ।

केही महिना अघि रंगेली नगरपालिकाले नगर क्षेत्रमा रहेका सवै सामुदायीक विद्यालयहरुमा तहगत दरवन्दी मिलानको निर्णय गरेको थियो । सो विद्यालयमा तहगत दरवन्दी शिक्षक मिलान गर्न कक्षा ७ का लागि अंग्रेजी शिक्षक नगरपालिकाले पठायो । तर, प्रधानाध्यापक साह र विद्यालय व्यवस्थापन समितिले ति शिक्षकलाई हाजिर गर्न दिएनन् ।

विद्यालयमा हाजिर गर्न नपाएपछि ति शिक्षकले नगरपालिकाको शिक्षा शाखामै करिब १ महिना भन्दा बढी हाजिर गरे । लामो समयसम्म विद्यालयमा हाजिर गर्न नपाएपछि शिक्षकले नगरपालिका र विद्यालयलाई विपक्षी बनाउँदै मुद्धा हाले । सो मुद्धा अहिले विचाराधिन अवस्थामा छ । शिक्षकलाई हाजिरी नगराएको विषयमा अदालतले जवाफ माग्दा विद्यालयका तर्फबाट प्रधानाध्यापक साह र व्यवस्थापन समितिले सो विद्यालयको स्वीकृती कक्षा ६ सम्मको रहेको र निम्न माविसम्म नरहेको जवाफ दिएपछि मात्र स्वीकृतीनै नलिएको पोल खुलेको थियो ।

रंगेली नगरपालिकाको शिक्षा शाखाका अनुसार निचामारी विद्यालयमा कक्षा ७ सम्मको अनुमति नरहेको पाइएपछि अन्य विद्यालयको अवस्था पनि त्यस्तै हुनसक्ने भन्दै गएको माघमा नगरपालिकाले सवै विद्यालयका प्रधनाध्यापकहरुको बैठक बसाएर अनुमति पत्र झिकाएको थियो ।नगर क्षेत्रका सवै विद्यालयका प्रधानाध्यापकहरुको बैठकमा निचामारी विद्यालयलाई कक्षा ७ सम्मको अनुमति नभएको पुष्टि भएपछि जति कक्षा सम्म अनुमति छ, त्यति कक्षा सम्मको मात्र पठनपाठन गराउन दिने निर्णय भएको थियो ।

तर, त्यसपछि पनि निचामारी स्कुलमा अनुमती बेगर मरपरी ढंगले जबरजस्ती कक्षा ७ सम्म पठन पाठन भएको खुलेको छ । अहिले नियम अनुसार परिक्षा सञ्चालन गर्न नगरपालिकाको शिक्षा शाखाबाट प्रश्नपत्र र उत्तरपुस्तिका लिनुपर्ने भएपछि सो विषय छताछुल्ल भएको हो । ‘यो विषय एक महिना अघिनै हेड्सर विद्यालय व्यवस्थापन समिति, शिक्षक, सवैलाई थाहा भएको विषय हो ।’ रंगेली नगरपालिकाका सामाजिक समितिका संयोजक अवधेश मण्डलले भने,‘विपक्षीले मयेर साब बुवाको उपचाका लागि भारतमा भएको मौकामा यो विषयमा गिजोल्न सकिन्छ की, नगरवासीमा भ्रम छर्न सकिन्छकी भनेर राजनीति गर्ने प्रयास गरेका हुन् ।’

उनले गत निर्वाचनमा वडाध्यक्षको उम्मेदवरसहितका कांग्रेस नेता कार्यकर्ताहरु आएर मेयर बगडीया नभएको बेला सुनियोजित ढंगले उल्टो आरोप लगाउँने प्रयास गरेर राजनीति गर्न खोजे पनि सफल नहुने बताए । उनका अनुसार कक्षा ७ सम्म सञ्चालन गर्न अनुमतिनै नहुँदा नगरपालिकाले परिक्षाका लागि प्रश्नपत्र र उत्तरपस्तिका दिएन ।

नगरपालिकाको शिक्षा शाखाले स्वीकृतीनै नभएको विद्यालयलाई कानुन विपरित प्रश्नपत्र र उत्तरपस्तिका दिन नमिल्ने भएकाले सोही अनुसार गरिएको जानकारी दिएको छ । ‘कानुन विपरित काम कसैले गर्न भएन । स्वस्कृतीनै नरहेको विद्यालयलाई दिन नमिल्ने भएकाले त्यसो गरिएको हो ।’ शिक्षा शाखाका एक कर्मचारीले भने ।

निचामारी स्कुलले भने चैत २ गतेदेखि परिक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । तर, नगरपालिकाको शिक्षा शाखाले विद्यालयको अनुमति नरहेकाले प्रश्नपत्र र उत्तरपस्तिका नदिएपछि परिक्षा हुन सकेन । स्वीकृतीनै नलिएर परिक्षा सञ्चालन हुन नसकेपछि प्रधानाध्यापक साह, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले उल्टै नगपालिकाविरुद्ध राजनीति गर्न खोजेको नगरपालिकाको दावी छ ।

प्रधानाध्यापक साह, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक अभिभावक संघका पदाधिकारीहरु, धेरैजसो शिक्षक नेपाली कांग्रेसका कार्यकर्ता र सो पार्टी निकट रहेको स्रोतको दावी छ । सोही कारण उनीहरुसमेतको मिलेमतोमा नेपाली कांग्रेसको नेता कार्यकर्ताले परिक्षा सञ्चालन हुन नसकेको भन्दै शुक्रबार हुलहुज्जत गरेका थिए ।

रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले प्रधानाध्यापक, व्यवस्थापन समिति र विद्यालयले उल्टै गल्ति गरेपनि दोष नगरपालिकालाई थोपर्न खोजेको दावी गरे । ‘उल्टै गल्ति गरेर नगरपालिकामा कांग्रेसका कार्यकर्ता आएर हुलहुज्जल गरेर हुन्छ ? आफै अनुमति नलिएर गल्ति गर्ने अनि नगरपालिकामा आएर हुलहुज्जत गर्नुको कुनै तुक छैन ।’ मेयर बगडीयाले भने,‘समस्या सृजना उहाँहरु आफैले गरेको हो । समाधान गर्नुपर्नेमा उल्टै राजनीति गर्न खोजेका छन् ।’

उसो त नयाँ शैक्षिक सत्र सुरुहुनु भन्दा दुई महिना अघि अर्थात माथिल्लो कक्षा सञ्चालनका लागि अनुमति लिन सकिन्छ । तर, ६ वर्षसम्म पनि नगरपालिकाबाट विद्यालयले कक्षा ७ सम्मको अनुमति नलिँदा प्रधानाध्यापक र व्यवस्थापन समितिको नियत प्रष्ट हुने मेयर बगडीयाले बताए ।

यता प्रधानाध्यावक साहले पनि विद्यालयको अनुमति नरहेको स्वीकार गरेका छन् । उनले गत महिनाको २९ गते कक्षा ७ सम्म सञ्चालन अनुमतीका लागि आवेदन दिएको बताए । ‘हामीले २९ गते अनुमतिका लागि निवेदन दिएका थियौँ । सवै काजग नपुगेर दर्ता हुन सकेन । ३० गतेभित्रै गरिसक्नुपर्ने थियो । गर्न सकेनौ ।’ प्रधानाध्यापक साहले भने ।’ ६ वर्ष किन स्वस्कृती लिनु भएन भन्ने प्रश्न गर्दा उनले फोन सम्पर्कमा भने,‘अहिले म लुम्बिनीमा गाडीमा छु, पछि कुरा गरौँला ।’

परिक्षा छाडेर लुम्बिनी शयरमा प्रधानाध्यापक साह
नगरपालिकाले प्रश्नपत्र र उत्तरपुस्तिका नदिएपछि निचामारी विद्यालयले आफै बनाएर परिक्षा सञ्चालन गर्ने तयारी गरेको छ । तर, परिक्षाको केन्द्राध्यक्षसमेत रहेका प्रधानाध्यापक साह भने यतिबेला लुम्बिनीमा रहेका छन् । के कामका लागि उनी लम्बिनी गएको भन्ने खुलाएनन् । परिक्षाको केन्द्राध्यक्ष निमित्त हुने कुनै प्रावधान नरहेपनि प्रधानाध्यापक साह भने अरुलाई निमित्त दिएर लुम्बिनी भ्रमणमा गएका छन् । सो विषयमा सोध्दा उनले भने,‘हामीले अब आफै तयार गरेर परिक्षा गर्न लागेका छौँ । म लुम्बिनीमा छु । अहिले गाडीमा छु, पछि कुरा गरौँला है ।’

रंगेली नगरपालिकाको शिक्षा शाखाले अनुमतीनै नरहेको विद्यालयले सञ्चालन गर्ने परिक्षाको काुनुनी मान्यता नहुने दावी गरेको छ । विद्यालयले गरेको लापरवाही र खेलबाडले विद्यार्थीको भविष्यनै अन्यौलमा पर्नसक्ने बताइएको छ ।

सम्बन्धित खवर

रोटरीको चार कसीबारे प्रचार–प्रसार, सिटी रिक्सामा यसरी टाँसियो

शुक्रबार ४ जेठ, २०८१
१ दिन अघि

रंगेलीका मेयर बगडीया पूर्वाञ्चल विश्वविद्यालयको सिनेट सदस्य नियुक्त

आईतबार १६ ब‌ैशाख, २०८१
३ हप्ता अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा पल ह्यारिस डेको अवसरमा ४० साइकल वितरण

शुक्रबार ७ ब‌ैशाख, २०८१
४ हप्ता अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा २० महिलालाई सिलाई मेशिन वितरण

शनिवार १ ब‌ैशाख, २०८१
१ महिना अघि

डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी

शुक्रबार ३० चैत, २०८०
१ महिना अघि

रोटरी क्लब अफ विराटनगर डाउनडाउनद्वारा निःशुल्क आँखा शिविर, १२० जनाले गराए परिक्षण

शुक्रबार १६ चैत, २०८०
२ महिना अघि
रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
शतप्रतिशत नतिजा दिन रंगेलीका मेयर बगडीया र प्रमुख प्रशासकिय अधिकृत गौतमको निर्देशन, निर्माणाधिन योजनाको अनुगमन
बिहिबार १२ पुस, २०८०
सुनवर्षी नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण
मङ्गलबार २६ मङ्सिर, २०८०
सुनवर्षी महराजथानआस्थाको धरोहर हो, यसको चौतर्फी विकासमा लागि पर्छौँः सांसद पोखरेल
सोमबार १८ मङ्सिर, २०८०
रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)
सोमबार २२ फाल्गुण, २०७९
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net