रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन

वडा, गाउँ, जिल्ला हुँदै प्रदेश कमिटी सदस्य

पूर्वीटाईम्स संवाददाता
आईतबार २८ कार्तिक, २०७८
३ वर्ष अघि

विराटनगर, २७ कात्तिक । मारवाडी समुदाय उद्योग, व्यापार र व्यवसायीक क्षेत्रमा मात्र नभई राजनीतिमा पनि उत्तिकै सफल बन्न सक्छन भन्ने उदाहरण बनेका छन्, दक्षिणपूर्वी मोरङको रंगेली नगरपालिकाका युवा नेता मनोज अग्रवाल ।

विक्रम सम्बत २०३३ साल भदौ २३ गते पिता स्वर्गीय सुरेन्द्र अग्रवाल र माता दुर्गादेवीको कोखबाट माइलो सन्तानका रुपमा जन्मिएका अग्रवालले आज मारवाडी समुदायमा आफ्नो छुट्टै पहिचान मात्र बनाएका छैनन, सोही समुदायको प्रतिनिधित्व गर्दै राजनीतिमा तल्लो तहदेखिनै काम गरेर पार्टीको माथिल्लो निकायसम्म पुग्न सकिन्छ भन्ने गतिलो उदाहरणसमेत बनेका छन् ।

मारवाडी समुदायलाई विषेश गरि उद्योग र व्यापारको क्षेत्रमा अब्बल मानिदै आएको छ । तर, आधारभूत तहदेखिनै निरन्तरको लगाव, संगठनमा गरेको योगदान र कामले राजनीतिक दलको माथिल्लो निकायसम्म पुगेर युवा नेता अग्रवाल मारवाडी समुदाय उद्योग, व्यापार, व्यवसाय क्षेत्रमा मात्र नभई राजनीतिमा पनि उत्तिकै सफल बन्न सकिन्छ भन्ने उदाहरणीय युवा नेता बनेका हुन् ।

नेपाली राजनीतिमा तल्लो तहदेखिनै संगठित भएर राजनीतिक दलको नेतृत्व तहसम्म पुग्ने सम्भवतः अग्रवाल मारवाडी समुदायका एक्ला प्रतिनिधि हुन् । पार्टीलाई आर्थिक सहयोग गरेकै भरमा मारवाडी समुदायको प्रतिनिधित्व गर्दै नेपालका केही चर्चित उद्योगपतिहरु सांसददेखि मन्त्री समेत बन्न सफल भएका छन् ।

तर, उनीहरु आधारभूत तहदेखि संगठित भएर पार्टीको विभिन्न तहको नेतृत्व गरेर भन्दा पनि निर्वाचनमा पार्टीलाई आर्थिक सहयोग गरेकै कारण सांसददेखि मन्त्री सम्म बन्न सफल भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

तर, युवा नेता मनोज अग्रवाल भने विद्यार्थीकालदेखिनै आधारभूत तहदेखिनै ग्रामिण क्षेत्रबाट पार्टी र संगठनमा विभिन्न तहको सफलता पूर्वक नेतृत्व गरेर नेकपा (एमाले) को प्रदेश कमिटी सदस्यसम्म बन्न सफल भएका छन् ।

अग्रवाल २०४८ सालदेखि निरन्तर रुपमा पार्टीका विभिन्न कमिटीको कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै, वडा, गाउँ, जिल्ला हुँदै प्रदेश कमिटीसम्म पुगेका मारवाडी समुदाय एक्ला व्यक्ति हुन् । आग्रवाल कार्यकर्ता तहबाटै अधिवेशनबाट निर्वाचित भएर नेकपा एमालेको प्रदेश कमिटीसम्म पुग्ने एक मात्र मारवाडी समुदायका व्यक्ति हुन् ।

यस्तो छ अग्रवालको राजनीतिक ‘ग्राफ’
अग्रवाल २०४८ सालमा रंगेलीस्थित पब्लिक माध्यामिक विद्यालयमा कक्षा ८ पढ्दै गर्दा कम्युनिष्ट आन्दोलनबाट प्रभावित भए । सोही वर्ष अनेरास्ववियु एकता पाँचौँको पब्लिक मा.वि. प्रारम्भिक कमिटीमा आवद्ध हुँदै सदस्य भए । अखिलको प्रारम्भिक कमिटीमा आवद्ध भएसँगै उनको राजनीतिक सकृयता बढ्यो ।

पारिवारिक पृष्ठभूमी व्यापारिक भएपनि उनी किशोरा अवस्थादेखिनै व्यापारसँगै राजनीतिमा होमिए । साविकको क्षेत्र नं. १ एवम् तत्कालिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्र समेत रहेको रंगेलीमा नेपाली कांग्रेसको एकलौटी दवदवा थियो । त्यतिबेला रंगेलीमा बामपन्थी बिचारधारा राख्नेको संख्या न्युन थियो । अर्थात कम्युनिष्ट पार्टीका सदस्य नगन्य मात्रामा थिए ।

एक त मारवाडी समुदाय त्यसमा पनि कम्युनिष्टको न्युन संख्या रहेको रंगेलीको राजनीतिमा लागेपछि अग्रवालका लागि विभिन्न चुनौती देखा परे । तर, अग्रवालले जस्तोसुकै चुनौतीको पनि सामना गर्दै अघि बढिरहे ।

सानै उमेरदेखि राजनीतिक लागेका अग्रवाल नेताहरु माझ ‘बाल कमरेड’ का रुपमा परिचित थिए । तत्कालिन समयमा कम्युनिष्टको न्युन पकड रहेको रंगेलीका उनै अग्रवाललाई गिरिजाप्रसाद कोइरालाविरुद्ध निर्वाचन लडेका कम्युनिष्टका पुराना नेता लव प्रधानले ‘बाल कमरेड’ भनेर बोलाउने गरेको उनि सम्झन्छन् ।

त्यस्तै कम्युनिष्ट आन्दोलनमा लागेकै कारण तत्कालिन समयमा छरछिमेक र गाउँलेहरुले आफुलाई ‘माले भाई’ भनेर बोलाउने गरेको अग्रवालले बताए । ‘मलाई कमरेड लवप्रधानले सानै भएकाले बाल कमरेड भनेर बोलाउनुहुन्थ्यो ।’ सम्झिँदै उनले भने,‘गाउँले र छर छिमेकले त मालेभाई भनेर नामनै राखिदिए ।’

रंगेलीका जनताले पटक–पटक जिताएर गिरिजा प्रसाद कोइरालालाई प्रधानमन्त्री बनाएपनि सो क्षेत्र जहिल्यै उपेक्षामा पर्यो । तत्कालिन समयमा एकछत्र पकड जमाएको कांग्रेसले रंगेलीको विकासमा उपेक्षा गरेकै कारण पनि अग्रवाल बाममन्थी आन्दोलनबाट प्रभावित भएका थिए ।

अखिलको प्रारम्भिक कमिटीको सदस्य भएदेखि निरन्तर पार्टी काममा लागि रहदा अग्रवाल २०५७ सालमा नेकपा (एमाले) को युवा संगठन प्रजातान्त्रीक राष्ट्रिय युवा संघ (प्ररायु संघ) को सदस्य भए ।

तत्कालिन समयमा एमालेको पार्टी संगठित सदस्यता (पिएम) प्राप्त गर्नु फलामको च्युरा सरह थियो । अर्थात पार्टीले तय गरेको मापदण्ड पुरा नगरी कसैले पनि पीएम (संगठित सदस्यता) प्राप्त गर्न सक्ने अवस्था थिएन ।

उक्त समयमा पार्टीका कुनै पनि संगठनमा लामो समय काम गरेको पुष्टी भएपछि मात्र सदस्यता प्राप्त गर्ने प्रावधान थियो । ‘त्यतिबेला पिएम प्राप्त गर्नु सहज थिएन । एकदमै ठुलो कुरा हुन्थ्यो ।’ अग्रवाल सम्झन्छन्,‘मैले पनि संगठनमा काम गरेको झण्डै ११ वर्षपछि मात्र संगठित सदस्यता प्राप्त गरे ।’

अग्रवालले पार्टी संगठनमा गरेको कामको मुल्यांकनपछि २०५९ सालमा मात्र नेकपा (एमाले) को संगठित सदस्यता प्राप्त गरेका थिए । त्यसपछि उनी व्यापारसँगै राजनीतिमा सकृय रहे ।

२०६६ सालमा नेकपा (एमाले) रंगेली गाउँ कमिटीको सचिव भएका उनै अग्रवाल २०६९ सालदेखि लगातार तीन कार्यकाल जिल्ला अधिवेशनबाट अत्याधिक मत प्राप्त गर्दै जिल्ला कमिटी सदस्यमा निर्वाचित भए । सोही अवधिमा एमाले मोरङको जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारी समेत नेता अग्रवालले कुशलतापूर्वक निर्वाह गरे ।

तत्कालिन रंगेली गाविसबाट नगरपालिका बनेपछि अग्रवाल एमाले रंगेली नगर समन्वय कमिटीको संयजक समेत भए । तत्कालिन नेकपा (एमाले) र माओवादी (केन्द्र) बिच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि अग्रवाल पार्टीको रंगेली सह–इन्चार्ज बने । सर्बोच्च अदालतको फैसलापछि दुवै पार्टी पूर्ववत अवस्थामा फर्किएपछि उनले नेकपा (एमाले) रंगेली नगर कमिटी इन्चार्जको जिम्मेवारी सम्हाले ।

दुवै पार्टी पूर्ववत अवस्थामा फर्किएपनि अग्रवालकै नेतृत्वमा रंगेलीमा पार्टी एक ढिक्का रह्यो । अर्थात माओवादी पृष्ठभूमिका अधिकांश स्थानीय नेता कार्यकर्ताहरु प्रचण्ड नेतृत्वको पार्टीमा फर्किएनन् । अग्रवालसहित रंगेलीका सवै नेता कार्यकर्ताको अग्रसरतामा पूर्व माओवादी नेता कार्यकर्ताहरुलाई नेकपाकै निरन्तरताको रुपमा एमालेमा एकतावद्ध गर्न सफल भएको एक स्थानीय नेताले बताए ।

एमाले पूर्ववत अवस्थामा फर्किएपनि पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाल–खनाल पक्षको विवादका कारण अन्ततः विभाजित बन्यो । माधव नेपालले एमालेबाट अलग हुँदै अलग्गै पार्टी खोले । तर, सो विभाजनको असर पनि रंगेलीमा पर्न सकेन ।

अग्रवालको कुशल नेतृत्व र विभाजनमा लाग्न नचाहने आम नेता कार्यकर्ताहरुले पार्टीलाई रंगेलीमा एक ढिक्का बनाइ राख्न सफल भए । रंगेली क्षेत्रका जनता र आम कार्यकर्ता माझ भिजेका उनै अग्रवालले केही महिना अघि मात्र नेकपा (एमाले) को प्रदेश कमिटी सदस्यको जिम्मेवारी प्राप्त गरेका छन् ।

हाल रंगेली नगर कमिटीको इन्चार्जसमेत रहेका अग्रवाल नेकपा (एमाले) को १० औँ महाधिवेशनका लागि मोरङ क्षेत्र नं. ५ बाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । स्थानीय नेता कार्यकर्ताको चाहना बमोजिम आफु महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएको अग्रवालले बताए ।

२०७४ सालमा सम्पन्न स्थानीय, प्रदेश र प्रनिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) को पक्षमा मारवाडी समुदायबाट जनमत सृजना गर्न अग्रवालले महत्वपूर्ण भूमिका खेलेका थिए । विराटनगरमा मरवाडी समुदायको निर्णयक मत छ । मारवाडी समुदायको जनसंख्या विराटनगरमा अत्याधिक रहेका कारण मारवाडी समुदाय जता ढल्कियो उसैको जित निश्चीत छ ।

गएको निर्वाचनमा एमालेलाई मारवाडी समुदायको मत दिलाउन अग्रवालकै अगुवाईमा वामपन्थी मारवाडी युवा समुहको व्यानरमा घर–घर पुगेर मत मागिएको थियो । जसका कारण एमालेले विराटनगरमा मारवाडी समुदायको अधिकांश मत प्राप्त गर्न सफल भएको थियो ।

रंगेलीको विकास र समाजसेवामा पनि उत्तिकै सकृय अग्रवाल
रंगेलीको विकासमा जहिल्यै अग्रसर अग्रवालको सकृयता र पहलमा रंगेलीमा थुप्रै कामहरु भएका छन् । अग्रवाल राजनीतिसँगै थुप्रै सामाजिक कार्यमा पनि सकृय छन् । नेकपा (एमाले) को स्थानीय, प्रदेश, र संघिय सरकार हुँदा स्थानीय नेता कार्यकर्ता र अग्रवालको पहल कदमीमा रंगेलीमा विकासको मुहार फेरीएको छ । यतिबेला रंगेली देशमै विकसित नगरपालिकाको रुपमा अघि बढिरहेको छ ।

अग्रवालको नेतृत्वमा रंगेलीस्थित बक्राहा खोला किनारमा बनेको तिरुपती आर्यघाट जिल्लामै नमुना आर्यघाट बनेको छ । अग्रवालकै नेतृत्वमा फुलबारी र पार्कसहितको आर्यघाट बनेको हो । अग्रवाल तिरुपति आर्यघाटको अध्यक्ष समेत हुन् ।

यसबाहेक सामाजिक कममा पनि अग्रवाल निकै सकृय छन् । उनकै अगुवाईमा प्रत्येक वर्ष नवमीका दिन विराटनगरस्थित काली मन्दिरबाट रंगेलीको काली मन्दिरसम्म निशानयात्रा निस्किँदै आएको छ ।
अग्रवाल नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको पूर्वमहासचिव, निशानयात्राको संयोजक, रंगेली गौचर गौशालाको उपाध्यक्ष र रंगेलीस्थित पब्लिक माध्यामिक विद्यालयको पूर्व विद्यार्थी मञ्चको उपाध्यक्ष लगायत दर्जनौँ संघ संस्थामा समेत आवद्ध छन् । उक्त संघ संस्थाहरु मार्फत उनी सामाजिक काममा निरन्तररुपमा सकृय छन् ।

मारवाडी समुदाय पनि तलबाटै राजनीतिमा पडक जमाउँदै
उद्योग, व्यापार, व्यवसायमा मात्र चासो राख्ने मारवाडी समुदाय पछिल्लो समय राजनीतिकरुपमा पनि तल्लो तहबाटै संगठित हुन थालेका छन् ।

अग्रवाल नेकपा (एमाले) को प्रदेश कमिटी सदस्यसम्म पुगिरहँदा उनलाईनै पछ्याउँदै मारवाडी समुदायका युवाहरु पनि तल्लोतह अर्थात वडा तहदेखिनै प्रमुख राजनीतिक दलहरुमा संगठित भएर राजनीतिमा आफ्नो समुदायको पकड बलियो बनाउदै लगेका छन् ।

तल्लो तहबाटै राजनीतिमा निरन्तर लागि रहेको खण्डमा अग्रवाल जस्तै कार्यकर्ताहरुबाटै चुनिएर पार्टीको उपल्लो तहसम्म पुग्न सकिन्छ भन्ने मारवाडी समुदायका युवाहरुले महसुस गरेका छन् । हाम्रो विराटनगरबाट

सम्बन्धित खवर

रंगेली नगरपालिकाको नवौँ नगरसभा सम्पन्न, दुई कर्मचारी सम्मानित

शुक्रबार २७ पुस, २०८०
४ महिना अघि

शतप्रतिशत नतिजा दिन रंगेलीका मेयर बगडीया र प्रमुख प्रशासकिय अधिकृत गौतमको निर्देशन, निर्माणाधिन योजनाको अनुगमन

बिहिबार १२ पुस, २०८०
५ महिना अघि

सुनवर्षी नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण

मङ्गलबार २६ मङ्सिर, २०८०
५ महिना अघि

लायन्स क्लब अफ विराटनगर युनिकद्वारा विद्यालयलाई फिल्टर र शैक्षिक सामाग्री हस्तान्तरण

मङ्गलबार १९ असार, २०८०
११ महिना अघि

मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)

मङ्गलबार ९ फाल्गुण, २०७९
१ वर्ष अघि

सुनवर्षी मेयर कप क्रिकेटः आजको खेलमा कर्मचारी टिम विजयी

शुक्रबार ६ माघ, २०७९
१ वर्ष अघि
रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
शतप्रतिशत नतिजा दिन रंगेलीका मेयर बगडीया र प्रमुख प्रशासकिय अधिकृत गौतमको निर्देशन, निर्माणाधिन योजनाको अनुगमन
बिहिबार १२ पुस, २०८०
सुनवर्षी नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण
मङ्गलबार २६ मङ्सिर, २०८०
सुनवर्षी महराजथानआस्थाको धरोहर हो, यसको चौतर्फी विकासमा लागि पर्छौँः सांसद पोखरेल
सोमबार १८ मङ्सिर, २०८०
रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)
सोमबार २२ फाल्गुण, २०७९
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net