खेलकुद महासंघ कोशी अध्यक्षमा कोइराला

पूर्वीटाईम्स संवाददाता
बिहिबार १६ जेठ, २०८२
२ हप्ता अघि

विराटनगर। नेकपा एमालेको जनसंगठन नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको अध्यक्षमा मोरङका रोहित कोइराला निर्वाचित हुनुभएको छ। आज दमकमा सम्पन्न महासंघको दोस्रो प्रदेश अधिवेशनबाट कोइराला अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो। 

 

अधिवेशनबाट नवनिर्वाचित ४२ सदस्यीय कमिटीको उपाध्यक्षमा झापाका भिम लिबाङ्ग, महिला उपाध्यक्षमा धनकुटाकी सृजना भुजेल, सचिवमा मोरङका हेमन्त सुवेदी, उपसचिवमा झापाका सुरज साँवा, उदयपुरका कर्ण थापा र कोषाध्यक्षमा सुनसरीका सुरेश गिरी निर्वाचित हुनुभएको महासंघका केन्द्रीय सचिव विप्लव घोषले जानकारी दिनुभयो। 

 

घोषले नवनिर्वाचित कमिटीमा प्रदेशका विभिन्न जिल्ला र खेलसंघका प्रतिनिधिहरूको सहभागिता रहेको बताउनु भयो। 

 

त्यस्तै, अधिवेशनलाई सम्बोधन गर्दै महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले महासंघले जनस्तरबाट उठ्ने खेलकुद क्षेत्रका एजेण्डा र खेलक्षेत्रको उत्थानको लागि कार्य गर्न निर्देशन दिनुभएको थियो। बस्नेतले महासंघ एमालेको जनसंगठन समेत भएकोले संगठनमा आवद्धहरूले खेलक्षेत्रमा कार्य गर्दै पार्टीको नीति र नेतृत्वको रक्षा र प्रचारमा लाग्नु पर्ने बताउनु भएको थियो। 

 

अधिवेशनमा एमाले केन्द्रीय कमिटी सदस्य रोमनाथ ओली, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो। 

सम्बन्धित खवर

छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net