रंगेली । मोरङको रङ्गेली नगरपालिका–६ स्थित डाङ्गी टोलमा मध्यराति भएको आगलागीमा एक घर पूर्णरूपमा क्षति भएको छ। बिन्देश्वर सरदारको घरमा राति करिब ११ बजेर २० मिनेट जाँदा अचानक आगलागी भएको हो।
आगलागीले घरको भान्सा र गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ। साथै, फर्निचर, साइकल लगायत अन्य घरायसी सामग्री पनि आगोले सखाप पारेको स्थानीयले जनाएका छन्।
आगलागीको कारण यतिबेला स्पष्ट भइनसकेको जनाइएको छ। स्थानीयवासी र रंगेली नगरपालिकाको दमकल टोलीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो।
धनजनको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको जनाइएको छ।