विराटनगर। रतुवामाई नगरपालिका स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड सिजुवाले मृतक सेयर सदस्यको परिवारलाई बिमा बापतको ३ लाखको चेक र संस्थागत राहत कोषबाट ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ। आज सहकारीले मृतक सेयर सदस्य धानकुटी देवी ताजपुरियाको घर पुगेर हकवाला बुहारी सिर्जना ताजपुरियालाई बिमा बापतको चेक र राहत कोषको रकम हस्तान्तरण गरेको हो।
सहकारीले साना कृषि सहकारी केन्द्रीय संघको सहायतामा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा गरिएको ऋणसँग सम्बन्धित म्यादी जीवन बिमा क्षतिपूर्ति बापतको ३ लाखको चेक हस्तान्तरण गरेको सहकारीका मुख्य प्रबन्धक ऋषिकुमार ढकालले जानकारी दिनु भयो।
उहाँले मृतक ताजपुरियाले ८१ साल फागुनमा गर्नु भएको ऋणसँग सम्बन्धित म्यादी जीवन बिमाबापतको रकमको चेक र राहत कोषको नगद मृतकको परिवारको उपस्थितिमा हकवाला बुहारीलाई संस्थाका अध्यक्ष द्रोणबहादुर पौडेल, रतुवामाई नगरपालिका-७ वडाध्यक्ष राम कार्कीलगायतले हस्तान्तरण गरेको बताउनु भयो।
सेयर सदस्य ताजपुरियाको वैशाख २५ गते निधन भएको थियो।