प्रथम कोशी प्रदेश खेलकुद महोत्सव सुरु , सभामुख विष्टद्वारा उद्घाटन

पूर्वीटाईम्स संवाददाता
मङ्गलबार १३ फाल्गुण, २०८१
४ महिना अघि

विराटनगर : कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले प्रथम कोशी प्रदेश खेलकुद महोत्सव – २०८१ को उद्घाटन गर्नु भएको छ। आज विराटनगर स्थित शहिद रंगशालाको मैदानमा सभामुख विष्टले फागुन १३ देखि १८ गते सम्म संचालन हुने खेलकुद महोत्सवको उद्घाटन गर्नु भएको हो। 

 

महोत्सवको उद्घाटन गर्दै सभामुख विष्टले खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्न विद्यालय स्तरबाटै खेलकुदलाई पाठ्यक्रममा समावेश गरेर लग्न सुझाव दिनु भएको थियो। विष्टले खेलकुद सम्भावना युक्त क्षेत्र रहेको भन्दै निरन्तरको खेलकुद गतिविधिले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नु भएको थियो। 

 

उद्घाटन समारोहमा बोल्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले खेलकुद महोत्सवलाई आगामी आर्थिक वर्षमा निरन्तरता दिने बताउनु भयो। राईले प्रदेश स्तरीय खेलकुद प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्न समेत सहयोग गर्ने जानकारी दिनु भयो। 

 

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले बोर्डले ‘खेल गतिनै खेलाडीको प्रगति’ हो भन्ने मान्यतासाथ प्रतियोगिता आयोजना गरेको प्रष्ट पर्नु भएको थियो। बस्नेतले बोर्डले खेल महोत्सवको निरन्तरताका लागि आवश्यक सबै पहल गर्ने धारणा पर्ने व्यक्त गर्नु भयो। 

 

उहाँले नियमितको खेल गतिविधिले खेलाडीको प्रतिभामा निखार ल्याउने बताउँदै खेलाडीलाई खेल खेलेरै जीवनयापन गर्ने अवस्था सिर्जना गर्न सबै पक्ष एक ढिक्का भएर लाग्नु पर्ने समेत बताउनु भएको थियो। 

 

उद्घाटन कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला , नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउट लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो। 

 

फागुन १८ गते सम्म संचालन हुने महोत्सवमा विभिन्न खेलका प्रतियोगिताहरु मोरङ र झापा लगायतको स्थानमा हुँदैछ । महोत्सवमा प्रदेशस्तरीय महिला फुटबल , महिला तथा पुरुष दौड , महिला तथा पुरुष कब्बड्डी , भेट्रान बाघचाल , महिला तथा पुरुष टेबलटेनिस , महिला तथा पुरुष बुद्धिचाल , महिला तथा पुरुष कराते , महिला तथा पुरुष तेक्वान्दो र पुरुष सफ्टटेनिस र डोरीतान लगायतको खेलकुद प्रतियोगिता समावेश छन्।

 

  

सम्बन्धित खवर

छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net