एमाले मोरङको १० औँ जिल्ला अधिवेशनको तयारी तीब्रः धमाधम उपसमितिहरुको बैठक बसेर विशेष कार्ययोजना बनाइदै

बिशाल कुमार मण्डल
बुधबार २३ माघ, २०८१
४ दिन अघि

रंगेली । एमाले मोरङको १० औँ जिल्ला अधिवेशनको तयारी तीब्र पारिएको छ । गत माघ १४ गते बसेको नेकपा (एमाले) मोरङको पूर्ण बैठकले आगामी फागुन १७ गतेदेखि १९ गतेसम्म विराटनगरमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेपछि तयारी तीब्र पारिएको हो । 


उक्त बैठकले विभिन्न उपसमितिहरु समेत गठन गरेर अधिवेशनका लागि कार्यविभाजन गरेको थियो । सोही अनुुसार यतिबेला उपसमितिहरुको धमाधम बैठक बसेर तीब्र तयारी थालिएको नेकपा (एमाले) मोरङ संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीले जानकारी दिनुभयो ।  

 

अधिवेशनको तयारीका लागि मंगलबार मात्र दुई वटा उपसमितिको बैठक बसेको छ । पार्टी कार्यालय पाञ्चालीमा प्रचार/प्रसार उपसमिति र आर्थिक व्यवस्थापन उपसमितिको बैठक वसेर विशेष कार्ययोजना बनाएको बताइएको छ। 

 

 

 

 

मंगलबार प्रचार/प्रसार उपसमितिको बैठक सोही उपसमितिका प्रमुख सन्तोष वान्तवाको अध्यक्षतामा र नेकपा (एमाले) मोरङ संगठन कमिटीका अध्यक्ष कार्कीको प्रमुख आतिथ्यतामा बसेको थियो । सो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले मोरङ कोशी प्रदेशको राजधानी मात्र नभएर र राष्ट्रिय राजनीतिमा समेत प्रभावशाली जिल्ला भएकाले जिल्ला अधिवेशनलाई भव्यरुपमा सफल पार्न तीब्र तयारी थालिएको र प्रचार/प्रसारको कामलाई व्यापक बनाउन आग्रह गर्नुभयो । 

 

नेकपा (एमाले) संगठन कमिटी मोरङका सचिव रविन थापाले सूचना/प्रविधिको उच्चतम प्रयोग गरी अधिवेशनका सन्दर्भमा प्रचार/प्रसारको कामलाई तीब्र बनाउनुपर्ने बताउनुभयो । उहाँले जिल्ला कमिटीको बैठकले गरेको निर्णय अनुसार सवै उपसमितिहरुले आ–आफ्नो जिम्मेवारी अनुसार काम थालेको बताउँदै प्रचार/प्रसार उपसमितिलाई पनि सोही अनुसार कार्ययोजना बनाई अघि बढ्न आग्रह गर्नुभयो । 

 

सो बैठकले प्रविधिको उच्चतम प्रयोग गरि अधिवेशनको व्यापक प्रचार/प्रसारका लागि पार्टी निकट पत्रकार, सञ्चारकार्मी र प्रेस चौतारीलाई परिचालन गर्ने निर्णय गरेको प्रचार÷प्रसार उपसमितिका प्रमुख बान्तवाले जानकारी दिनुभयो । उहाँले मंगलबारदेखिनै प्रचार/प्रसारका लागि आवश्यक तयारी थालिएको बताउनुभयो । 

 

उहाँका अनुसार बैठकले विराटनगरमा हुन लागेको प्रेस चौतारीको कोशी प्रदेश कमिटीको अधिवेशन र केन्द्रीय कमिटीको महाधिवेशनका लागि आवश्यक सहयोग र समन्वय गर्ने निर्णयसमेत गरेको छ । बैठकमा नेकपा (एमाले) संगठन कमिटी मोरङका उपसचिव सोमराज थापा र प्रचार/प्रसार उपसमितिका उपप्रमुख मिनकुमार आचार्य, समिपतका सदस्यहरुको उपस्थिती रहेको थियो । 

 

एमाले मोरङको पूर्ण बैठकले १० औँ अधिवेशनका लागि मूल व्यवस्थापन समितिसहित विभिन्न १० वटा उपसमिति गठन गरेको छ । सवै समितिले अधिवेशनका लागि जिम्मेवारी अनुसार कामलाई तीब्र पारिएको प्रचार÷प्रसार उपसमिति प्रमुख वान्तवाले जानकारी दिनुभयो । 

नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net