विराटनगर : कोशी प्रदेश (आइटिएफ) तेक्वान्दो संघको आयोजनामा कोशी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ। आज विराटनगरमा प्रतियोगिताको उद्घाटन भएसँगै माघ १९ र २० गते सम्म चल्ने दुई दिने प्रतियोगिता सुरु भएको हो।
कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा हुने प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्नु भएको थियो।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीका अनुसार प्रतियोगितामा कोशी प्रदेशका ९ जिल्लाका १२७ खेलाडीहरुले विभिन्न उमेर तथा बेल्ट समूहमा प्रतिष्पर्धा गर्ने छन्।
प्रतियोगितामा शुभकामना मन्तव्य व्यक्त गर्दै कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले खेलकुद विकास बोर्डले वार्षिक तालिका अनुसार अन्य खेलका प्रदेश स्तरीय प्रतियोगिताको आयोजना गर्ने तयारी गरेको बताउनु भएको
थियो।