रंगेली । रंगेली नगरपालिका वडा नम्बर ४ र ७ को संयुक्त आयोजनामा वडा स्तरीय टि २० लिग क्रिकेट टुर्नामेन्ट संचालन हुन गइरहेको छ ।
रंगेली नगरपालिका वडा नं ७ स्थित जनता क्याम्पसको खेल मैदानमा टुर्नामेन्टको पहिलो उद्घाटन खेल इलेभन स्टार रङ्गेली वडा नं० ४ र रन्जनी वडा नं० ३ बीच भिडन हुने भएको छ।
भोलि बिहान ११ बजेदेखि आयोजना हुन गइरहेको उक्त उद्घाटन खेलको रंगेली नगरपालिकाका नगरप्रमुख दिलीप वगडिया को प्रमुख अतिथितामा उद्घाटन गरिनेछ।
वडा स्तरीय टि २० नकआउट क्रिकेट टुर्नामेन्टमा रंगिली नगरपालिका भरिका जम्मा १२ वटा टिम सहभागी रहेका छन्।
उक्त टुर्नामेन्टमा विजयी हुने प्रथम टिमलाई ३१ हजार रुपैयाँ पुरस्कार राखिएको छ भने उप विजेता द्वितीय हुने टिमका लागि २१ हजार नगद पुरस्कार राखिएकाे छ। त्यसैगरी म्यान अफ द सिरिजलाई ५१०० सय, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई २१०० राखिएको छ।