रंगली । रंगेली नगरपालिका वडा नम्बर ४ र ७ को संयुक्त आयोजनामा वडा स्तरीय टि २० लिग क्रिकेट टुर्नामेन्ट संचालन हुन गइरहेको छ ।
रंगेली नगरपालिका वडा नं ७ स्थित जनता क्याम्पसको खेल मैदानमा टुर्नामेन्टको पहिलो उद्घाटन खेल इलेभन स्टार रङ्गेली वडा नं० ४ र रन्जनी वडा नं० ३ बीच भिडन हुने भएको छ।
भोलि बिहान ११ बजेदेखि आयोजना हुन गइरहेको उक्त उद्घाटन खेलको रंगेली नगरपालिकाका नगरप्रमुख दिलीप वगडिया को प्रमुख अतिथितामा उद्घाटन गरिनेछ ।
वडा स्तरीय टि २० नकआउट क्रिकेट टुर्नामेन्टमा रंगिली नगरपालिका भरिका जम्मा १२ वटा टिम सहभागी रहेका छन्।
उक्त टुर्नामेन्टमा विजयी हुने प्रथम टिमलाई ३१ हजार रुपैयाँ पुरस्कार राखिएको छ भने उप विजेता द्वितीय हुने टिमका लागि २१ हजार नगद पुरस्कार राखिएकाे छ। त्यसैगरी म्यान अफ द सिरिजलाई ५१०० सय, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई २१०० राखिएको छ।