भारत, उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलामा विश्वका करोडौं मानिस आएका छन् । भिडभाडमा सँगै गएको कोही छुट्यो भने पुन: फेला पार्न निकै मुस्किल पर्छ ।
तर, मेलामा छुट्टिने मात्रै होइन कोही वर्षौं पहिले हराएकाहरू भेटिन्छन् पनि । एउटी महिलाले २७ वर्षअघि हराएका आफ्ना श्रीमान फेला परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
एबीपी न्युजका अनुसार उनी झारखण्डकी धन्वा देवी हुन् । सन् १९९८ मा उनका श्रीमान् अचानक बेपत्ता भएका थिए । परिवारले उनलाई खोज्न हरसम्भव प्रयास गरे पनि फेला पार्न सकेको थिएन ।