रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु, मेयर बगडीयाले गरे उद्घाटन

१३ सामुदायीक र ७ संस्थागत विद्यालय सहभागी

विशालकुमार मण्डल
बुधबार १६ माघ, २०८१
२ हप्ता अघि

रंगेली । मोरङको रंगेली नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मंगलबारदेखि रंगेली बजारस्थित जनता क्याम्पसको खेल मैदानमा सो प्रतियोगिता सुरु भएको हो् । रंगेली नगरपालिकाका नगर प्रमुख दिलिप बगडीयाले पानसमा दियो बालेर राष्ट्रपति रनिङ रनिङ शिल्ड खेलकुद प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन गर्नुभयो ।

सो अवसरमा बोल्दै नगर प्रमुख बगडीयाले रंगेली नगरपालिका खेलकुद क्षेत्रको चौतर्फी विकासमा लागि परेको बताउनुभयो । उहाँले स्थानीयस्तरमा हुने खेलकुद प्रतियोगिताबाट राष्ट्रकै नाम राख्न सक्ने राम्रा खेलाडीहरु उत्पादन हुने मात्र नभई स्थानीय ठाउँको पहिचान स्थापित गर्ने माध्यम समेत बन्ने बताउनुभयो ।

नगर प्रमुख बगडीयाले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सामुदायीक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको बताउँदै भाग लिने सम्पूर्ण खेलाडी, प्रशिक्षकसहित विद्यालयहरुलाई शुभकामना दिनुभयो ।

औपचारिकरुपमा उद्घाटन पश्चात विद्यार्थीहरुले मार्चपास गरेका थिए । लगत्तै विभिन्न विद्यालयका विद्यार्थीहरुले राष्ट्रभक्ति र आफ्नो संस्कृती झल्काउने नृत्यसमेत प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा छात्र र छात्राको एथलेटिक्स तर्फ एक सय, दुई सय, चार सय, आठ सय, १५ सय र तीन हजार मिटर दौड, सटपुट, कबड्डी, भलिबल, ट्रिपलजम्प, ज्याव्लिन थ्रो, लङ जम्प, हाइजम्पल, कराँतेलगायतको खेलमा प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा १३ सामुदायीक, ७ वटा संस्थागत विद्यालय र जनता क्याम्पसको पनि सहभागीता रहेको रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतिष्पर्धा गर्न पाउनेछन् । प्रतियोगितामा प्रथम, द्वीतीय र तृतीय हुने विद्यालयरुलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै प्रतियोगिताभरी सहभागी हुने सवै विद्यालय, खेलाडी र प्रशिक्षकलाई सहभागीताको प्रमाणपत्र वितरण गरिने रंगेली नगरपालिका, सामाजिक विकास समितिका संयोजक अवधेश मण्डलले जानकारी दिनुभयो ।

सो प्रतियोगिता बिहीबार सम्पन्न हुने र सोही दिन पुरस्कारहरु वितरण गरिने नगरपालिकाले जनाएको छ । उद्घाटन कार्यक्रममा रंगेली ३ का वडाध्यक्ष भरतराज प्रसाईले स्वागत मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा रंगेली नगर कार्यपालिका सदस्यहरु, सवै वडाका जनप्रतिनिधिहरु, स्थानीय समाजसेवी, वुद्धिजिवीलगायतको उपस्थिती रहेको थियो ।

नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net