प्रेस चौतारी मोरङको अध्यक्षमा चिना थापा सहित २१ जना कार्यसमिति सर्वसहमतिले निर्वाचित ।

बिशाल कुमार मण्डल
शनिवार १२ माघ, २०८१
२ हप्ता अघि

रंगेली, माघ १२ गते । प्रेस चाैतारी माेरंगकाे ९ औं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा चीना थापा सहित २१ सदस्य जिल्ला कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा शशांक पौडेल, महिला उपाध्यक्षमा रञ्जना अधिकारी, सचिवमा नवराज भट्टराई, सह-सचिवमा कृष्णचन्द्र सुवेदी, समावेशी सहसचिवमा राजकुमारी तामाङ र कोषाध्यक्षमा पुन्य पी अधिकारी सर्वसम्मत भएका छन ।

त्यसैगरी सदस्यहरुमा निशान्त ढुङ्गाना, विशाल मण्डल, प्रमोद कार्की, सामना भट्टराई, संगीता राई, शिशिर राई, शिवशंकर परिहस्त, रोहन राई, दीपक खड्का, रामकुमार शर्मा, रोमा दाहाल, कुलदीप बाँस्तोला, विवेक खतिवडा र सुमना भट्टराई रहनु भएको छ ।

जिल्ला अधिवेशनले आगामी माघ ३० गते विराटनगरमा हुने प्रदेश अधिवेशनका लागि प्र्रदेश परिषद् सदस्य र फागुन २५–२७ सम्म विराटनगरमा हुने १० औं महाधिवेशनका लागि केन्द्रीय परिषद् सदस्य पनि चयन गरेको छ ।

 

 

यसैवीच ९ औं जिल्ला अधिवेशनका अवसरमा अरूण खवरका प्रधान सम्पादक महेन्द्र विष्टलाई २१ हजार राशीकाे शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । नगद, प्रमाणपत्र र दाेसल्ला सहित काशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विष्टलाई सम्मानित गरेका थिए ।

जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्की, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश वस्नेत, सचिव विक्रम लुइँटेल, एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, रामलाल साह, केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकाल, एमाले प्रदेश कमिटी अध्यक्ष घनस्याम खतिवडा, मोरङ अध्यक्ष बाबुराम कार्की, कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागका प्रमुख लक्षुमन तिवारी, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य कमल रिमाल, प्रदेश अध्यक्ष भरत खड्का, मोरङ अध्यक्ष सुशीला पाठक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net