एउटा काहालीलाग्दो घटना : काभ्रेमा लास भेटिएको हनीट्र्याप केस

बिशाल कुमार मण्डल
बुधबार ९ माघ, २०८१
५ महिना अघि

रंगेली । यौनलालच देखाई ५० वर्षिय व्यक्तिलाई कोठामा बोलाई अन्य केटाहरु ल्याएर कुटपिट गरी अपहरण गरेको भनी परिवारसँग फिरौती रकम पाँच लाख असुली गरेपछि हत्’या गरेर लासलाई काभ्रे लगेर फाल्ने सिन्धुपाल्चोक कि मुख्य योजनाकार २१ वर्षीया युवती मनिषा महत सहित ‘हनीट्र्याप’ टोलिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 

 

असोज ५ गते १० बजे मनिषाले मेरो नागरिकताको प्रतिलिपी बनाउन जान सहयोग गर्नु पर्‍यो भनी फोन गरेर काठमाडौँको कीर्तिपुर नगरपालिका ५ बस्ने ५० वर्षका विनोद खड्गीलाई खाना खान बोलाउँछिन्। 

 

बोलाएको डेढ घण्टापछि विनोद गाडीमा मनिषाको डेरामा पुग्छन्। शिवम् र मनिषा खाना पकाउँदै गर्दा विनोद अण्डा र रक्सी खाँदै बैठक कोठामा बस्छन्। खाना तयार भएपछि हतारहतार खाएर शिवम् बाहिर जान्छन्। विनोदले खाना खाइरहेको समयमा मनिषा खुर्सानी किन्ने बहानामा बाहिर जान्छिन् र अन्सुलाई फोन गरी भन्छिन्, ‘सबै तयार छ अबको ५ मिनेटमा हिमालय गेटबाट हिँड्नू।’ हिमालय गेटमा अन्सु, शिवम, सरिन, रिकेश, प्रतिक र आशिष जम्मा भएका थिए। प्रतिक र शिवम स्कुटरमा मनिषाको डेरातर्फ बाटो लाग्छन्। 

 

उनीहरूले पहिल्यै योजना बनाइसकेका हुन्छन्। मनिषाको कोठामा पुगेर ढोका खोल्ने वित्तिकै विनोदलाई कुट्ने सल्लाह हुन्छ। उनीहरूले त्यहाँ पुगेपछि पूर्वयोजना अनुसार नै विनोदलाई लात्ती, मुड्कीले शरीरका संवेदनशील भागमा पनि प्रहार गरी सख्त घाइते बनाउँछन्। 

 

त्यसपछि उनीहरूले सुरु गर्छन् फिरौती रकमको बार्गेनिङ। सुरुमा सबैले ३० लाख माग्ने कुरा हुन्छ। तर मनिषाले ३० लाख बढी भयो भन्दै १० लाखसम्म माग गर्छिन्। विनोदले मसँग त्यति पैसा छैन, ५ लाखसम्म हुन्छ भने म दिन तयार छु भन्छन्।

 

विनोदले सुरुमा आफ्नै मोबाइलबाट फोन गर्न खोज्छन्। तर मोबाइल ह्याङ भएको कारणले अन्सुको फोनमा विनोदको सिम हालेर आफ्नो बधशालामा काम गर्ने कर्मचारी प्रदीप थापा मगरलाई फोन गर्छन्। तत्काल ५ लाख रूपैयाँ चाहियो, भक्तपुरको राधेराधे भाटभटेनी अगाडि आर १५ मोटरसाइकलमा आउने व्यक्तिलाई उक्त रकम दिनु भन्छन्। 

 

साँझ ५ बजेर १० मिनेटमा पैसा लिएर प्रदीप उक्त स्थानमा पुग्छन्। आशिष पासवान विनोदले पठाएको मानिस म नै हुँ भनेर प्रदीपसँग रकम माग्छन्। प्रदीपले विनोदलाई फोन गरेर फेरि निश्चित गर्छन् र ५ लाख रूपैयाँ दिन्छन्। 

 

१५/२० मिनेटपछि आशिष पैसा लिएर मनिषाको कोठामा पुग्छन्। उनले अन्सुलाई पैसा दिन्छन्। 

 

त्यसपछि मनिषा, अन्सु, शिवम्, आशिष र प्रतीक मिलेर यसले हामीलाई भोलिको दिनमा छोड्दैन यसलाई मारेर फालिदिऊँ भनी योजना बनाउँछन्। आशिषले गाडी चलाउँछन्। अन्सु र शिवमले गाडीको बिचमा विनोदलाई राख्छन्। 

 

मनिषाले गेट खोल्छिन्। गाडीको ढोका खोलेर घर वरिपरि रेक्की पनि मनिषाले गर्छिन्। प्रतीकले गाडीको अगाडि स्कुटरबाट एस्कोर्ट गर्दै जाने सल्लाह उनीहरूको हुन्छ। त्यही अनुसार राति १० बजे मनिषाको कोठाबाट भक्तपुरको सूर्यविनायक नगरपालिका ७ स्थित गणेश मन्दिर हुँदै गुन्डु तर्फ जान्छन्। गुन्डु जाने बाटोमा गाडी रोकेर विनोदको छातीमा ढुङ्गाले हान्छन्। त्यहीँ उनको हत्या गरेर साँगा, धुलिखेल हुँदै पाँचखालस्थित ४९ किलो पुर्‍याएर सडकबाट ८ मिटर तल झाडीमा विनोदको शव फालिदिन्छन्।

 

  • News Source : Nepalkhabar

छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
शिक्षा सुधारमा सुनवर्षी नगरपालिकाले गरेको प्रयास सफलः एसईई परिक्षामा उत्कृष्ट नतिजा
शनिवार १४ असार, २०८२
सुनवर्षी नगरपालिकाले ल्यायो ६७ करोडको बजेटः पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्य प्रथामिकतामा
बुधबार ११ असार, २०८२
रंगेली नगरपालिकाले ल्यायो ९६ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता, कृषि, शिक्षा र स्वास्थ्य प्रथामिकतामा
बुधबार ११ असार, २०८२
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net