रंगेली । महाराष्ट्रको जलगाउँको परान्डा रेलवे स्टेशनमा एउटा दुखद दुर्घटना भएको छ । पुष्पक एक्सप्रेसबाट ओर्लिएका यात्रुलाई कर्नाटक एक्सप्रेसले ठक्कर दिएको छ । जानकारी अनुसार पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला चलेको थियो । यसपछि धेरैले रेलबाट हाम फाले । सोही क्रममा विपरित दिशाबाट आएको कर्नाटक एक्सप्रेसले धेरै यात्रुलाई कर्नाटक एक्सप्रेसले ठक्कर दिएको थियो ।
यो दुर्घटनामा ११ जनको मृत्यु भएको छ । जलगाउँबाट २० किलोमिटर टाढा रहेको पुष्पक एक्सप्रेसका केही यात्रुले रेलमा आगलागी भएको हल्ला चलाएर रेलबाट हाम फालेका थिए । जिल्ला प्रशासन कार्यालयका अधिकारी घटनास्थलतर्फ गएका छन् ।