रंगेली । मोरङको रंगेलीस्थित नगर अस्पतालका चिकित्सक बस्ने क्वाटरको एउटा कोठामा आगलागी भएको छ । आज साँझ विद्युत सर्ट भएर रंगेली नगर अस्पतालका चिकित्सक बस्ने आवाशको एउटा कोठा भित्र आगलागी भएको हो ।
आगलागीबाट सामान्य क्षती भएको छ । आगलगीका कारण कोठाभित्र रहेको एउटा ल्यापटप, एसी र लत्ताकपडा पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
आगो तत्काल रंगेली नगरपालिकाको दमकलले पूर्णरुपमा नियन्त्रण लिइएको र थप क्षती हुन नपाएको जानाइएको छ ।