रंगेली । मुक्तीनाथ विकाश बैंकद्वारा आयोजित प्रदेश स्तरिय चित्रकला प्रतियोगिता ‘२०८१’को उपाधि माउण्ट मकालु इंगलिस बोर्डिङ्ग स्कुल कक्षा ८ मा अध्ययनरत चंचल मण्डलले जितेकी छिन् । कोशी प्रदेश स्तरित सहभागिता जनाएको प्रतियोगितामा उत्कृष्ट बनेकी मण्डलले प्रमाण पत्र तथा १० हजार रुपैयाँ हात पारेकि छिन् । वाटर कलर, क्रेन, पेन्सिल, पेस्टल, एक्रेलिकलगायत जुनसुकै माध्यमबाट चित्र बनाउन पाइने भए पनि ‘कलाइमेट चेन्ज तथा ग्लोबल वार्मिङ्ग ’ शीर्षकको भाव अनुसार तयार पार्नुपर्ने नियम राखिएको थियो । जसमा मण्डलले तयार पारेको चित्रलाई प्राथमिकता दिइएको बताइएको छ । यो प्रतियोगिता मुक्तिनाथ विकास बैंक रंगेली शाखामा आयोजित भएको हो ।