रंगेली । मोरङको जहदा गाउँपालिका–४ सिसौबारी टोलस्थित रोडको नालामा एक व्यक्ति मृत अवश्थामा फेला परेका छन् । आज विहान पौने ९ बजेको समयमा रंगेली नगरपालिका–२ बबियाबिर्ताका ३५ वर्षीय महेश हस्दा मृत अवस्थामा फेला परेका हुन् ।
मृत अवस्थामा देखेपछि स्थानीयले स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबरलगत्तै ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी नायव निरिक्षक अनिल भुजेलको नेतृत्वमा प्रहरी टोली खटिएर घट्नास्थल सुरक्षित राखेको थियो ।
थप अनुसन्धान तथा कानूनी प्रक्रियाको लागि ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरिक्षक सन्तोष कुमार खड्काको कमाण्डमा प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
तत्काल शवको पहिचान हुन नसकेपछि अनुसन्धानबाट शव हस्दाको रहेको पुष्टि भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । प्रहरीका अनुसार शव पोष्टमार्टम पश्चात सदगदको लागि मृतकको भाइ बिजय टुडुलाई बुझाइएको छ ।