मोरङको कटहरीमा सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

बिशाल कुमार मण्डल
बुधबार १० पुस, २०८१
६ महिना अघि

रंगेली । मोरङको कटहरी गाउँपालिका – २ मा पर्ने बासँ झ्याङमा अचेत अवस्थामा भेटिएकी महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

 

जहदा गाउँपालिका– ३ की २३ वर्षीय ऋषिदेव थरकी महिला घरदेखि करिब २ किलाेमिटर टाढा कटहरी गाउँपालिका २ मा पर्ने खेतबारीकाे बीचमा रहेकाे बाँस झ्याङमा हातखुट्टा बाँधेको अवस्थामा अचेत अवस्थामा फेला परेकी थिइन् ।

 

ति महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।

 

प्रहरी स्रोतका अनुसार कटहरी गाउँपालिका २ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मो गुल्जारलाई पक्राउ परेका हुन् ।

 

प्रहरीले पक्राउ परेकाहरुको नाम आधिकारिक रुपमा सार्वजनिक गरेको छैन ।

 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीका अनुसार पराल लिन गएकी महिलाले देखेपछि उनको उद्दार भएको थियो ।

 

अचेत अवस्थामा भेटिएकी महिलाको स्वास्थ्यमा सुधार भइरहेको छ । उनकै बयानका आधारमा तीन जनालाई पक्राउ गरेको उनले बताए ।

 

प्रहरीका अनुसार घरबाट सौच गर्न निस्किएकी महिलालाई तीन जनाको समूहले सिटी सफारीमा राखी कटहरी – २ स्थित बाँस झ्याङमा लागेर हातखुट्टा बाँधेर जवरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

 

मोरङ प्रहरी प्रवक्ता जोशीका अनुसार ती महिलाले लगाएको कपडा च्यातिएका छन्, शरिरका केही भागमा निलडाम पनि छन्  । महिलाको अवस्था अहिले सामान्य छ । २ सन्तानकी आमा ति महिला माइतमा बस्दै आएकी थिइन् । थप विषय स्वास्थ्य परीक्षणपछि मात्रै खुल्ने प्रहरीले बताएकाे छ ।

छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
शिक्षा सुधारमा सुनवर्षी नगरपालिकाले गरेको प्रयास सफलः एसईई परिक्षामा उत्कृष्ट नतिजा
शनिवार १४ असार, २०८२
सुनवर्षी नगरपालिकाले ल्यायो ६७ करोडको बजेटः पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्य प्रथामिकतामा
बुधबार ११ असार, २०८२
रंगेली नगरपालिकाले ल्यायो ९६ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता, कृषि, शिक्षा र स्वास्थ्य प्रथामिकतामा
बुधबार ११ असार, २०८२
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net