विराटनगर । विगतको वर्षहरुमा जस्तै यसपालि पनि नेकपा (एमाले) मोरङले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।
विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा पार्टीका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उप–प्रधानमन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा दशैं, तिहार, छठ, नेपाल सम्वत, इद, ल्होसार लगायत सम्पूर्ण राष्ट्रिय पर्वहरूको अवसरमा एमाले मोरङले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम भव्यरुपमा सम्पन्न भएको हो ।
सो अवसरमा सम्बोधन गर्दै नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष इश्वर पाखरेलले मुलुकमा संकट आइलागेको अवस्थामा निकास दिन एमाले र कांग्रेस मिल्नु परेको बताउनुभयो । उहाँले मुलुकले संकट झेल्नु परेकाले थप संकटमा फस्न नदिन सरकारमा एक ठाउँमा उभिएको दावी गर्नुभयो ।
नेता पाखरेलले रास्वपा सभापति रवि लामिछाने पक्राउप्रती संकेत गर्दै सहकारी ठगी प्रकरणमा संलग्न जोसुकै भएपनि कारबाही हुनुपर्ने बताउनुभयो । उहाँले सहकारी ठगीमा आफ्नै पार्टी भित्रकै कोही भएपनि कारबाही हुने स्पष्ट पार्नुभयो । ‘कोही पनि दोषि छ भने एमाले दृढतापूर्वक भन्न चाहन्छ, दोषि हाम्रै पार्टी भित्रको कोही छ भने पनि उ दण्डको भागीदार हुन्छ र हुनुपर्दछ, एमाले यसमा दृढ छ ।’ उहाँले भन्नुभयो,‘यदी निर्दोष छ भने निर्दोषहरुलाई डाम्ने कोशिश गरिन्छ भने एमालेलाई मन्जुर छैन । हिँजो एमालेलाई फत्तुर लाउनेहरु प्रधानमन्त्री केपी ओलीलाई पशुपतिको जलहरीमा सुन होइन, पित्तल लगाएको भन्नेहरु थिए । यस्ता फत्तुर लाउनेहरु छन्, अनेक खालका. कुराहरु गर्ने छन् । तर हामी तिनिहरुको सामुन्ने ठिंग उभिएर जवाफ दिन तयार छौँ । हामीले गल्ति गर्दैनौँ, गल्ती गर्नेहरुलाई दण्डको भागीदार बनाउछौँ । यो एमालेको अठोट हो र संकल्प हो ।’
उहाँले सहकारी छानविन समिति बनाउँदा व्यक्ति तोकेर बनाउन नहुने एमालेले अडान लिएपनि रास्वपा सभापति रवि लामिछानेकै सहमतीमा बनेको बताउँदै उक्त समितिले छानविन गरि कार्यान्वय गर्न सरकारलाई सिफारिस गरेकाले सोही अनुसार भएको बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष पाखरेलले रास्वपा सांसदसमेतको हस्ताक्षर रहेको छानबिन समितिको प्रतिवेदनले व्यक्ति तोकेर सहकारी ठगीमा संलग्नलाई कारबाही गर्नुपर्ने देखाएकाले सोही अनुसार कार्यान्वयन गदाृ अनावश्यक हल्लाखल्ला गरिएको दावी गर्नुभयो । ‘यो प्रकृया अगाडी बढीरहँदा यसको बारेमा किन हल्लीखल्ली ? लोकतन्त्रमा विश्वास गर्ने, सार्बजनिक जिवनमा बाँचीरहेको कोही पनि व्यक्तिमाथि प्रश्न उठ्छ भने उ छानबीनको दायरामा आउनुपर्दछ ।’ उहाँले भन्नुभयो,‘अभियोजन हो भने त्यसलाई स्वीकार गर्नुपर्दछ । यदी निर्दोष हो भने पुष्टी हुनेछ । दोषि हो भने दण्डको भागीदार हुनुपर्दछ । हिँजो मन्त्री भएको, प्रधानमन्त्री भएको नाताले कहीकतै त्यसलाई रोकिनुहुन्न ।’
कार्यक्रममा एमाले उपाध्यक्ष गुरु बरालले मुलुकको विकास र राष्ट्रियताको सच्चा पहरेदार एमाले भएकाले देशी विदेशी तत्वहरुबाट पार्टीलाई चौतर्फी प्रहार हुन थालेपनि डटेर सामान गरिने बताउनुभयो । उहाँले मुलकको विकास र समृद्धि एमालेबाट मात्र सम्भव भएकाले आगामी २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीको एकल बहुमतको सरकार बन्नेगरी जिताउन लाग्नुपर्ने समेत बताउनुभयो ।
सो अवसरमा स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जिवन घिमिरे, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले राष्ट्रिय पर्वहरुले राष्ट्रिय एकतालाई सुदृढ र बलियो बनाउने बताउँदै एमाले मोरङले प्रत्येक वर्ष सो कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) मोरङ संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीले पार्टीले प्रत्येक वर्ष सम्पूर्ण राष्ट्रिय पर्वहरुको अवरमा शुभकामना आदानप्रदाान तथा चियापान कार्यक्रम गर्दै आएको बताउँदै यसलाई निरन्तरता दिइरहने बताउनुभयो । अध्यक्ष कार्कीले कार्यक्रममा सवै राजनीतिक दल, शैक्षिक क्षेत्र, स्वास्थ्यक्षेत्र, उद्योग ब्यवसाय, राज्य, प्रशासन, यातायात मजदुर, सामाजिक संघ संस्थाहरू, सहकारीहरू, न्याय क्षेत्र, सन्चार क्षेत्र, कर्मचारी, निर्माण क्षेत्र, स्थानीय तह, संघ तथा प्रदेश सरकार, सांसदहरू, होटल पर्यटन, सौन्दर्यकर्मी, ट्रेड यूनियन, धार्मिक संघसंस्थालगायतका सबै पक्षलाई आमन्त्रण गरिएको जानकारी दिनुभयो । उहाँले कार्यक्रमलाई भव्यरुपमा सफल बनाउन साथ सहयोग गर्ने सवैलाई धन्यवाद समेत दिनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, नेकपा (एमाले) केन्द्रीय सदस्य तथा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना, केन्द्रीय सदस्य नैनकला ओझा, रामलाल साह, युवाराज बास्कोटा, नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतलगायत पार्टीका प्रदेश कमिटी पदाधिकारी, प्रदेश कमिटी सदस्यहरुलगायतको उपस्थिती रहेको एमाले मोरङका सचिव रविन थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा पार्टी विभिन्न जिम्मेवारीमा रहनुभएका नेता, कार्यकर्ता, जससंगठनका केन्द्रीय, प्रदेश जिल्ला, पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु, पार्टी बाहिरबाट आमन्त्रण गरिएका सवै राजनीतिक दल, शैक्षिक क्षेत्र, स्वास्थ्यक्षेत्र, उद्योग ब्यवसाय, राज्य, प्रशासन, यातायात मजदुर, सामाजिक संघ संस्थाहरू, सहकारीहरू, न्याय क्षेत्र, सन्चार क्षेत्र, कर्मचारी, निर्माण क्षेत्र, स्थानीय तह, संघ तथा प्रदेश सरकार, सांसदहरू, होटल पर्यटन, सौन्दर्यकर्मी, ट्रेड यूनियन, धार्मिक संघसंस्थालगायत गरि धैरैभन्दा धेरैको संख्यामा सहभागीता रहेको प्रचार विभाग प्रमुख सन्तोष बान्तवाले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको थियो । विहान ११ देखि ३ बजेसम्म पार्टी परिवार तथा ३ देखि ५ बजेसम्म अन्य क्षेत्रसँग शुभकामना आदानप्रदान र चियापान कार्यक्रम राखिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य एमाले मोरङ संगठन कमिटी उपाध्यक्ष शान्ति भुजेलले स्वागत मन्तव्य दिनुभएको थियो भने सञ्चालन सचिव थापाले गर्नुभएको थियो । उक्त कार्यक्रममा स्वयंसेवकहरुको संयोजन नेकपा (एमाले) विराटनगर महानगर संगठन कमिटीका अध्यक्ष रोहित कोइरालाले गर्नुभएको थियो ।