रंगेली । रंगेली नगरपालिकाकी उपमेयर भूमा पराजुली पति वियोगमा परेकी छिन् । उपमेयर पराजुलीका श्रीमन् ६२ वर्षीय गाणेश प्रसाद निरौलाको शनिबार विहान सावा ४ बजे निधन भएको हो ।
करिब तीन महिनादेखि जन्डिसको बिरामी रहेका निरौलाको भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचारको क्रममा निधन भएको नगर प्रमुख दिलिप बगडीयाका प्रमुख स्वकिय सचिव करण ठाकुरले जानकारी दिए ।
निरौलको कलेजो खराब भएपछि उपमेयर पराजुलीले आफ्नो कलेजो दिने र सोमबार प्रत्यारोपण गर्ने तयारी थियो । तर, उनी त्यसअघिनै गएरातिदेखि सिकिस्त विरामी परेर भेन्टिलेटरमा राखिएको थियो ।
अवस्था नाजुक बनेपछि निरौलाको उपचारकै क्रममा शनिबार विहान निधन भएको जनाइएको छ । उनको शव अन्तिम संस्कारका लागि रंगेली ल्याउने तयारी भइरहेको छ । निरौला नेकपा (एमाले) का पुराना कार्यकर्ता र स्थानीय समाजसेवी थिए ।