सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने

पूर्वीटाईम्स संवाददाता
मङ्गलबार २२ असोज, २०८१
४ महिना अघि

सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरूमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो ।सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिएका हुन् । उनले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको बताए ।

सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री मंगलबार सदरमुकाम चौतारा पुगेका थिए । गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा विपद्ले पुर्‍याएको क्षतिबारे छलफल भएको थियो ।

उनीहरू सुनकोशी नदीको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार अवलोकनपश्चात सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रको अवलोकन गरेर चौतारा पुगेका हुन् । मन्त्रीहरूले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा सडक पूर्वाधार पुनःनिर्माण, उद्धार र राहत सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत स्थानीयवासीसँग छलफल गरेका थिए ।

सिन्धुपाल्चोकको वस्तुस्थिति बुझेपछि गृहमन्त्री लेखकले मित्रराष्ट्र चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा छिटो बेलीब्रिजको व्यवस्था गर्ने आश्वासन दिए । उनले प्रजिअ किरण थापालाई पहिरोपीडित लाभग्राहीको पहिचान गरी क्षतिको विवरण तत्काल पठाउन निर्देशन दिए ।

सिन्धुपाल्चोकमा बर्सेनि प्राकृतिक विपद्ले क्षति पुर्‍याउने गरेको छ । यसपटक मात्रै १० जनाको मृत्यु, दुई बेपत्ता र ठूलो परिमाणमा भौतिक क्षति भएको छ ।

नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net