रंगेली । मोरङको रंगेलीमा चट्याङ लागेर एक महिलाको मृ*त्यू भएको छ । मंगलबार रंगेली ९ धनजुवा क्षेत्रमा चट्याङ लागेर ४५ वर्षीया साक्रो देवी हेमरमको मृ*त्यु भएको हो । अर्को एक जना २२ बर्षिय विनिता हेमरम घाइते भएकी छिन्।
खेतबाट घाँस काटेर घर फर्किने क्रममा अचानक चट्याङ लाग्दा हेमरमको घटनास्थलमै मृ*त्यु भएको हो ।
घाइतेलाई उपचारको लागि अस्पताल लगिएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । यस क्षेत्रमा पानी नपरे चट्याङ खस्नु आश्चर्यजनक कुरा हो।