विराटनगर । विराटनगरमा गुजराती सांस्कृतिक संध्या कार्यक्रम २०८१ भव्यरुपमा मनाइएको छ । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको उपलक्षमा गुजराती समाज विराटनगरले यसरी सांस्कृतिक संध्या कार्यक्रम मनाउदै आएको छ ।
दुई दिन सम्म मनाइने सांस्कृतिक सन्ध्या कार्यक्रम पहिलो दिन बुधबार भव्यरुपमा मानाइएको छ । विराटनगर –१२ रोडशेष चौकमा गुजराती समाज विराटनगरद्वारा विगत ४५ वर्ष देखि निरन्तर आयोजना गरिँदै आयोको उक्त कार्यक्रममा स्थानीय गुजराती कलाकारहरु द्वारा गरुवा र डांडिया नृत्यसमेत प्रस्तुत गरेका थिए ।
राधाकृष्ण रथयात्रा सम्पन्न पश्चात मनाइने यो सांस्कृतिक सन्धिया कार्यक्रम बिहीवार सम्पन्न हुने आयोजक समितिले जनाएको छ ।