धानपालथान–५ का ३०२ परिवारलाई ‘ब्ल्यांकेट’ वितरण

पूर्वीटाईम्स संवाददाता
आईतबार २९ पुस, २०८०
१ वर्ष अघि

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ का तीय सय बढी परिवारलाई बढ्दो चिसोबाट बच्नका लागि ‘ब्ल्यांकेट’ वितरण गरिएको छ । धनपालथान गाउँपालिकाको ५ नम्बर वडा कार्यालयले ३०२ जना अपाङता भएका व्यक्ती, सुत्केरी, ज्येष्ठ नागरीक एवम् अतिविपन्न लक्षितबर्गलाई कठ्यांग्रीदो जाडोबाट बच्नका लागि ‘ब्ल्यांकेट’ वितरण गरेको हो ।

आइतबार वडा कार्यालय परिसरमा एक कार्यक्रमकाबिच पूर्वमन्त्री तथा नेकपा माआवादी केन्द्रका पोलिटब्युरो सदस्य शिवकुमार मण्डल, धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ गच्छदार र सोही वडाका वडाध्यक्ष गययानन्द सरदारलगायतले ‘ब्ल्यांकेट’ वितरण गरे ।

जाडोबाट चन्नका लागि न्यानो कपडा ‘ब्ल्यांकेट’ पाएपछि स्थानीय निकै हर्षित भएका छन् । उनीहरुले वडा कार्यालयले ‘ब्ल्यांकेट’ वितरण गरेर निकै राम्रो काम गरेको बताएका छन् । उनीहरुले ‘ब्ल्यांकेट’ पाएपछि चिसोबाट राहत मिल्ने बताए ।

कार्यक्रममा पूर्वमन्त्री मण्डलले पूर्वाधार विकासलाई मात्र विकास भन्न नमिल्ने बताउँदै समुदायका समस्या पहिचान गरेर स्थानीय जनप्रतिनिधिले काम गर्नुपर्ने बताए । उनले स्थानीयतह र वडा कार्यालयहरुले गर्ने कार्यबाट जनता प्रत्यक्ष लाभान्वित हुने भएकाले समस्याको पहिचान गरि जनमुखी कामहरुलाई निरन्तरता दिइनुपर्नेसमेत बताए ।

सो अवसरमा धनपालथान गाउँपालिकाका अध्यक्ष गच्छदारले सो वडामा ९० प्रतिशत बढी जनता दलित र विपन्न परिवारको वसोबास रहेको बताउँदै ‘ब्ल्यांकेट’ वितरण गर्ने काम प्रशंसनीय रहेको बताए ।

कार्यक्रममा वडाध्यक्ष सरदारले उक्त वडामा अधिकांश दलित, पडाडी परेका र सुकुम्वासी परिवारको बसोबास रहेको बताउँदै समुदायको आवश्यकतालाई पहिचान गरि वडा कार्यालयले काम गरिरहेको बताए ।

उनले यतिबेला बढ्दो शितलहरका कारण सवैभन्दा बढी प्रभावित हुनेहरुको पहिचान गरी वडा कार्यालयले विनियोजन गरेको चार लाख रुपैयाँ बजेटबाट ‘ब्ल्यांकेट’ वितरण गरिएको जानकारी दिए । यसअघि एक सय जनालाई ज्याकेट समेत वितरण गरिएको वडाध्यक्ष सरदारले बताए ।

कार्यक्रममा किसान माविका प्रध्यानाध्यापक कैलाश सरदारले विद्यालयमा अध्ययनरत बालिबालिका हरु जाडोको समयमा पनि एकसरो लुगा मात्र लगाएर आउने गरेका कारढा उनीहरुका लागि समेत न्यानो कपडा स्वीटर उपलब्ध गराउन आग्रह गरे । कार्यक्रममा रेखादेवी सरदारसहित जनप्रतिनिधि र स्थानीय सयौँको उपस्थिती रहेको थियो ।

नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net