सुनवर्षी। मोरङ को सुनवर्षी नगरपालिका मा नव निर्वाचित उप मेयर मिरा देवी दास ले सुनवर्षी बासी ले विश्वास गरी दिएको मत लाई बिना स्वार्थ जनता को सारथी भई अनवरत रुपमा सेवक भएर जनता माझ परिचालित हुने कुरा व्यक्त गर्दै सम्पूर्ण सुनवर्षी बासीलाई धन्यवाद दिनु भयो
पद भार कार्यक्रम बोल्दै दास ले आफु कम बोल्ने तर जनता को अभिमत लाई पूरा गर्ने प्रतवद्धता समेत गर्नु भयो। पूर्वी टाइम्स् सँग कुरा गर्दै उहाँले प्रत्येक पालिकामा मिलमिलाप केन्द्रको स्थपना गर्ने र घरेलू उत्पादन मा महिलाको मूल्यांकन लाई प्रथामिकता मा ल्याउने काम बाट सुरुवात गर्ने कुरा लाई प्रष्ट समेत पार्नु भयो।
सोही कार्यक्रम मा नेकपा एमाले का जिल्ला सदस्य गोपाल थापा ले जन प्रतिनिधि हरुले समय अवधि भरी इच्छा, शक्ति र इमान्दारी पूर्वक जनता को हक हित र विकास का काम मा लाग्नु पर्ने विषय मा जोड दिनुभयो।