बाँचुन्जेल एमाले छाड्दीन, नदी नियन्त्रणलाई प्रथामिकतामा राखेर काम गर्छुः केदारप्रसाद यादव

देश र जनताका लागि काम गर्ने पार्टी एमालेनै हो

पूर्वीटाईम्स संवाददाता
आईतबार २५ ब‌ैशाख, २०७९
३ वर्ष अघि

विराटनगर, २५ वैशाख । २०१९ सालमा तत्कालिन बरडंगा गाविसमा जन्मिएका केदारप्रसाद यादव उमेरले ६० पुग्न लागे ।

पारिवारिक वातावरणनै राजनीति भएपछि उनी बाल्यकालदेखिनै त्यसैमा आकर्षित भए । सानै उमेरदेखि राजनीतिक चेतना नआउँदै नेपाली कांग्रेसको झण्डा बोकेर यादव हिँडेका हुन् । बाबु जगदीस प्रसाद यादव राजनीतिमा सकृय भएकै कारण उनी बाल्यकादेखिनै राजनीतिमा जोडिएका हुन् ।

नेपाली कांग्रेसको संगठन निर्माणदेखि हेरेक गतिविधिमा सकृय रहँदै आएका यादव १८ वर्षको कलिलो उमेरमानै प्रधानपन्चको उम्मेदार थिए । सो बेला १७ मतले मात्र पराजित भएका यादव २०५४ सालको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गाविस अध्यक्षमा निर्वाचित भएका थिए ।

यादवले दक्षिणी क्षेत्रमा नेपाली कांग्रेसलाई स्थापित गर्नका लागि ठुलो भूमीका खेलेका थिए । तर, आफुलाई पार्टीले कहिल्यै न्याय नगरेको भन्दै उनी यतिबेला नेकपा (एमाले) मा प्रवेश गरेर सोही पार्टीबाट रतुवामाई–१ म वडाध्यक्षको उम्मेदवार बनेका छन् ।

निरन्तर सामाजिक काममा सकृय रहँदै आएका यादवको सो क्षेत्रमा राम्रो प्रभाव छ । उनले कांग्रेसबाट यसपटकको निर्वाचनमा वडाध्यक्षको उम्मेदवार बन्ने आकांक्षा राखेका थिए ।

जनतासँग घुलमिल हुने र सुख, दुःखमा साथ दिँदै आएका यादव आफ्नो पक्षमा जनसमर्थन भएपनि कांग्रेसले अर्कैलाई उम्मेदवारको टिकट दिएर अन्याय गरेपनि तत्कालै उम्मेदवार बनाएर एमालेले आफुमाथि न्याय गरेको बताए । ‘मैले आफ्नो जिवननै कांग्रेसका लागि समर्पित गर्दै आएको थिएँ । जिवनभर त्यो पार्टीका लागि रात दिन नभनि लागेपनि म माथि जहिल्यै अन्याय भयो ।’ उनले भने ,‘देश र जनताका लागि काम गर्ने पार्टी एमाले मात्र हो भन्ने स्पष्ट भइसकेकाले एमालेले प्रवेश गरेँ । कांग्रेसले अन्याय गरेपनि एमालेले मलाई टिकट दिएर न्याय दिएको छ । त्यसैले कांग्रेस छाडेँ । अब बाँचुन्जेल एमालेमै हुन्छु ।’

कांग्रेसमा रहँदा समकालिनहरु कोही नगरपालिकाको मेयर त कोही सांसद बनिसकेपनि आफुलाई पार्टीले जहिल्यै पाखा लगाएर अन्याय गरेकाले आफुले एमाले रोजेको उनले बताए । यादवले जनतालाई न्याय गर्ने र जनताका लागि काम गर्च चाहनेलाई एमालेले मात्र न्याय दिएको अनुभूती भएकाले आफु सो पार्टीमा जोडिएको बताए ।

उनले नेपाली कांग्रेसबाट देश र स्थानीय सरकार बन्न नसक्ने भएका कारण आफु मात्र नभई दक्षिणी क्षेत्रका अधिकांश जनाताको रोजाई एमाले बन्दै गरेको उनले दावी गरे । ‘हामी सँगैका साथीहरु मेयर, सांसद र ठुला नेता भए ।’ उनले भने,‘कांग्रेसमा मलाई लगातार अवसरबाट बञ्चित गरेको थियो ।’

यादवले कांग्रेसले अन्याय गरेकाले स्थानीय जनताकै आग्रहमा आफु उम्मेदवार बनेको दावी गरे । ‘यहाँका जनता र शुभचिन्तक साथीभाईकै आग्रहमा मैले उम्मेदवारी दिएको हो ।’ उनले भने,‘मेरो जनाधार भएपनि कांग्रेसले गुटवन्दी र काखापाखा गरेपछि यो अवस्था आएको हो ।’

तत्कालिन गाविस अध्यक्ष भएर काम गरिसकेको अनुभव बटुलेका यादवले आफ्नो कार्यकालमा जनताले अनुभूती हुने खालका थुप्रै कामहरु गरेका छन् । निरन्तर विभिन्न सामाजिक कामगरेर समाजसेवीको पहिचान बनाएका छन् ।

सोही कारण उनलाई जिताउन यतिबेला वडावासी उत्साहीत बनेर सघाइरहेका छन । अहिले सो वडामा मेयर, उपमेयर र वडाध्यक्षका उम्मेदवार यादवसहित एमालेको पक्षमा महौल देखिएको सृजना भएको छ । अन्य उम्मेदवारकासँग दुलना गर्दा केदारको पल्ला भारी भएको स्थानीयले बताएका छन् ।

उम्मेदवार यादले आफु निर्वाचित भइसकेपछि नदी नियन्त्रणलाई विशेष प्रथामिकतामा राखेर काम गर्ने बताए । बक्राहा खोलामा आउने बाढीका कारण वर्षेनी सो वडामा ठुलो धनजनको क्षती हुँदै आएका कारण आफुले मुख्यरुपमा नदी नियनत्रणलाई प्रथामिकतामा राखेर बर्षायाममा डुबान हुन नदिने योजनाले उनले अघि सारेका छन् ।

त्यस्तै सीमावर्ती क्षेत्रमा रहेको एक मात्र जंगललाई पर्यटनका रुपमा विकास गर्ने र वडा एवम प्राकृतिक श्रोत साधानको उचित सदुपयोग गरी वडाको चौतर्फी विकासमा लागि पर्ने उनको प्रतिवद्धता छ ।

उक्त वडा कृषिको उर्बर भूमी भएकाले प्रयाप्त सिँचाई सुचाई सुविधा र मल बिउ उपलब्ध गराउने यादवको प्रतिवद्धता छ । उनले वडामा हालसम्म एउटा पनि सामुदायीक भवन नरहेकाले आफु निर्वाचित भइसकेपछि सामुदायी भवन निर्माण गर्ने, सीमा क्षेत्रमा स्वास्थ्य केन्द्र बनाउने, बन्द अवस्थामा रहेको छोटी भन्सार कार्यालय सुचारु गराउन पहल समेत गर्ने बताए ।

त्यस्तै आमबाडीदेखि सीमा क्षेत्रसम्म कल्भर्ट तथा पुलहरु निर्माण गरि वर्षायाममा बाढीको पानी सहज निकासको व्यवस्थासमेत मिलाउने यादवले बताए । उनले वडालाई भ्रष्टाचार मुक्त बनाएर बजेतको सहि सदुपयोग गर्ने प्रतिवद्धता जनता माझ व्यक्त गरेका छन् ।

उनले वडाभित्रका मठ, मन्दीर, मस्जीदलगायत धार्मिक स्थलहरुको संरक्षक र विकास गर्ने, शिक्षाको खस्कँदो गुणस्तर सुधार गर्दै सामुदायीक विद्यायल प्रतिको आकर्षण बढाउने योजना समेत बनाएका छन्।

आर्थिकरुपले विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य वीमा र विपन्न परिवारका छात्राहरुलाई उच्च शिक्षा अध्यनमा सहयोग गर्नेसमेत यादवको प्रतिवद्धता छ ।

 

नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net