कांग्रेस–माओवादीमा कार्यकर्ताको खडेरीः मोरङको रतुवामाईमा सिंगो गाउँ एमालेमा प्रवेश

नेता नरेश पोखरेलले टिका लगाइदिएर गरे स्वागत

पूर्वीटाईम्स संवाददाता
बिहिबार ३१ भदौ, २०७८
२ वर्ष अघि

विराटनगर, ३० भदौ । मोरङको रतुवामाई नगरपालिकामा नेपाली कांग्रेस–माओवादीमा कार्यकर्ताको खडेरी लागेको छ । रतुवामाई नगरपालिकाको एउटा सिंगो गाउँ नेकपा (एमाले) मा प्रवेश गरेपछि कांग्रेस–माओवादीमा कार्यकर्ताको खडेरी लागेको हो ।

बुधबार रतुवामाई नगरपालिका–४ को सिंघाडी टोलका एक सय ७० घरपरिवारका ३ सय भन्दा बढी एमालेमा प्रवेश गरेका हुन् । नेकपा (एमाले) रतुवामाई नगरपालिका–४ वडा कमिटीले आयोजना गरेको कार्यक्रममा कांग्रेस–मओवादी–जसपा परित्याग गर्दै तीन सय जना भन्दा बढी एमालेमा प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले टिका लगाइदिएर स्वागत गरे ।

सो अबसरमा बोल्दै नेता पोखरेलले देश र जनताका लागि एमालेले मात्र काम गर्न सक्ने बताए । उनले एमाले नेतृत्वको सरकारले गरेको जनपक्षिय कामले अत्तालिएर देश लुटाहाहरुले गठबन्धन बनाएको आरोप लगाए ।

उनले एमालेको विरोध गर्नेबाहेक देश र जनताका लागि सत्तारुढ गठबन्धनसँग कुनै एजेण्डा नरहेको बताए । उनले परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार देश लुट्नका लागि मात्र भएको भन्नेकुरा पुष्टि हुँदै गएको समेत आरोप लगाए ।

कार्यक्रममा नवप्रवेशीहरुले देशको विकास एमालेले मात्र गर्न सक्ने भएकाले एमालेमा प्रवेश गरेको बताए । उनीहरुले कांग्रेस–माओवादीले भन्दा एमालेको सरकारले आम जनताले अनुभूति हुनेगरी काम गरेकाले एमाले रोजेको बताए । नवप्रवेशीहरुले उक्त क्षेत्रमा कांग्रेसलाई जिताएर ठुलो गल्ति गरेको समेत बताए ।

कार्यक्रममा रतुवामाई नगरपालिकाकी उपप्रमुख दयन्तादेवी चुडाल, नेकपा (एमाले) रतुवामाई नगर कमिटी अध्यक्ष देवी दाहाल, उपाध्यक्ष कृष्ण ढकाल, सचिव नेवालाल ताजपुरीया, नगर कमिटीका कार्यालय कार्यालय सदस्य शान्तिराम बराल, वडा कमिटी अध्यक्ष हरि महतोलगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

पार्टी प्रवेश कार्यक्रमको अगुवामाई नेकपा (एमाले) वडा कमिटी सचिव अमनकिशोर सिंहले गरेका थिए ।

सम्बन्धित खवर

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग मनायो बाल दिवस

आईतबार ३१ भदौ, २०८०
६ दिन अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोप्यो २ सय ड्रागनफुडका विरुवा

बुधबार २७ भदौ, २०८०
१ हप्ता अघि

विश्व साक्षरता दिवसको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

सोमबार २५ भदौ, २०८०
२ हप्ता अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोप्यो दुई सय कागतीका विरुवा, एक जनालाई जिविकोपार्जनका लागि गाई वितरण

सोमबार ११ भदौ, २०८०
४ हप्ता अघि

मानसिक शान्ति र जिवनशैली परिवर्तनका लागि प्रवचन

शुक्रबार ८ भदौ, २०८०
४ हप्ता अघि

जोनल फुटसलको उपाधी रोट्रयाक्ट क्लब अफ नोबेल मेडिकल कलेजले जित्यो

शनिवार २७ साउन, २०८०
१ महिना अघि
रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)
सोमबार २२ फाल्गुण, २०७९
मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)
मङ्गलबार ९ फाल्गुण, २०७९
रंगेलीमा स्वरोजगार बन्दै सन्थाल समुदायका महिला, ४५ दिने एड्भान्स सिलाई/कटाई तालिम सम्पन्न
मङ्गलबार २४ माघ, २०७९
रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृद्धि तालिम
सोमबार २३ माघ, २०७९
सुनवर्षी मेयर कप क्रिकेटः आजको खेलमा कर्मचारी टिम विजयी
शुक्रबार ६ माघ, २०७९
बरडंगामा उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न
बुधबार २७ पुस, २०७९
जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन
बिहिबार २१ पुस, २०७९
ब्ल्यांकेट र न्यानोकपडा वितरण गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउने मनायो नयाँ वर्ष
आईतबार १७ पुस, २०७९
दीप प्रज्वलन गरि मनाइयो मुक्ति समाजको ३५ औँ स्थापना दिवस
मङ्गलबार ५ पुस, २०७९
विद्यार्थीलाई करियर काउन्सेलिङ
सोमबार २१ कार्तिक, २०७९
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net